काँग्रेस नेतृत्वको लागि १४९ सांसद भएको दावी, आजै सरकार गठनको लागि पेश गरिने

काठमाण्डौ – विपक्षी गठबन्धनले आँफुहरुसँग १४९ जना सांसदको समर्थन रहेको खुलासा गरेको छ ।

नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समयहसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ । जारी बैठकमा सरकारको दाबी गर्ने तयारी भैरहेको बताइएको छ ।

यता ओलीले पनि आफुले सकेसम्म सरकार गठनको लागि पहल गरिने समेत बनाएका छन । आज पत्रकार सम्मेलनको आयोजन गर्दै ओलीले आफुले चालेको कदम सहि भएको बताएका छन ।

प्रतिक्रिया