जापानमा रहेका समुन्द्रलाई यसरी लाग्यो हत्याराको अभियोग – भिडियो सहित

काठमाण्डौ – निकै सुमधुर आवाजका धनि गायक समुन्द्र राज पौडेललाई हत्याराको आरोप लागेको छ । यो बास्तविक जीवनमा नभएर काल्पनीक जीवनमा हो । उनको पछिल्लो गीतमा यस्तो आरोप लगाइएको हो ।

सम्भावना भएको आवाजमा हेरिने पौडेलको दमदार आवाज रहेको पछिल्लो गीत हत्यारा भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा उनलार्य पुर्णकला विसीले साथ दिएकी छन । माया छुटाउन समाजले बुनेको जालले अभियोगको लागेको कुरा गीतले उठाएको छ ।

निकै उत्कृष्ट शब्द सहितको गीतमा शब्द भने सागर रेग्मी रितेशले गरेका हुन भने चर्चित सर्जक सुरेश रमण अधिकारीले गीतको लय सिर्जना गरेका छन ।

निशान एसकेको निर्देशन रहेको गीतमा इश्वर खाती,आयुष्मा कार्की र नरेश विसीको अभियन रहेको छ ।

प्रतिक्रिया