काठमाण्डौ – हप्तैभरि उत्साह देखाएको नेपाली शेयर बजारले साताको अन्तिम दिन विहिबार भने सामान्य बृद्धिसँगै साताको सुखद विदाई गरेको छ ।
आज नेप्से ६ अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनमा ३ अर्व हाराहारीमा घटेको छ । आज २१४ कम्पनीहरुको केवल ९ अर्व हाराहारीको कारोबार भएको छ । आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य घटेका कारणले नेप्से सोचे अनुसार बढ्न सकेन ।
आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबारहुँदा ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज लाइफ इन्सस्योरेन्स र माइक्रो फाइन्नासमा सबै भन्दा धेरै असर देखियो भने फाइनान्सका शेयर धनिहरुले निकै कमाए ।