काठमाण्डौ – केहि समय पछि प्राथामिक शेयर निष्कासन गरेर बाँडफाड गरेको सीईडीवी जलविद्युतको शेयर बापतको पैसा अनावश्य कट्टा भएपछि ग्राहक चिन्तामा परेका छन ।
यस्तो माछापुच्छ्रे बैकका ग्राहकलाई भएको हो । बुधबार प्राय त्यस बैकमा खाता हुनेहरुको पैसा शेयर बापत काटिएको एसएमएस गएको थियो तर उनीहरुलाई शेयर भने परेको थिएन ।
पैसा काटे पछि आफु अचम्ममा परेको एक ग्राहक टिपी आचार्यले आर्थिक सन्देलाई जानकारी दिनु भयो । नजिता हेर्दा नदेखिएको तर पैसा काट्ने त्रुटी भने बैक आफैले गरेको हो ।
यस विषयमा हामीले बैकलाई पनि बुझेका थियौं । बैकले दिएको जानकारी अनुसार सिष्टममा आएको अमस्याका कारण त्यस्तो भएको साथै अहिले सबैको खातामा पैसा फिर्ता गरिसकिएको बताएको छ ।
पैसा फिर्ता भए पनि ग्राहकको मुख्य मौज्दातमा भने पैसा अझ देखाउन सकेको छैन । केहि दिनमा देखाउन थाल्ने बैकले जनाएको छ ।