काठमाडौं । कोरोना महामारीले उपचार नपाएर दुखि हुनुहुनहुन्छ ? यदि त्यसो हो भने यो समाचारले हजुरलाई केहि राहात दिन सक्छ ।
सरकारले ३० निजी अस्पतालसँग निशुल्क कोरोनाको उपचार गराउने सम्झौता गरेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।
८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उपचार सेवा दिँदै आएको छ । केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउँछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ ।