काठमाण्डौ – साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव २७ अंकले बढेको छ ।
आज यो सेसनमा ५९ कम्पनीहरुको १ करोड २७ लाख भन्दा धेरैको कारोबार भएको छ । आजको नेप्सेको बृद्धिसँगै समग्र नेप्से फेरी २८ सय माथि पुगेको छ ।
आज यो सेसनमा कारोबार भएका मध्य ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य तथावत रहेको छ ।
बुधबार १३ अंकले घटेको बजारमा कारोबार रकमले भने किर्तिमान कायम गरेको थियो । आज यो सेसनमा निर्धन उत्थान बैकको सबैभन्दा धेरै कारोबार भएको छ ।