सिद्धार्थ इन्स्योरेन्सले १२ करोडको शेयर जारी गर्ने

काठमाडौं—विभिन्न बीमा कम्पनीले शेयर पुँजी वृद्धि गरिरहेका बेला सिद्धार्थ इन्स्यारेन्सले पनि पुँजी वृद्धि गर्ने तयारी गरेको छ । त्यसका लागि सिद्धार्थले करिव १२ करोड रुपैयाँ बराबरको बोनश शेयर जारी गर्ने भएको छ ।

बुधबार बसेको सिद्धार्थ इन्स्यारेन्स सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनश शेयर जारी गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेर साधारण सभामा लैजाने निर्णय गरेको छ । सिद्धार्थले जेठ २८ गते साधारण सभा डाकेको छ । साधारण सभाबाट प्रस्ताव पारित भए पछि कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया