• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

नेपालमा आज अहिले सम्मकै धेरै ७९८९ कोरोना मुक्त,संक्रमित कति ?

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

प्रतिक्रिया