काठमाण्डौ – निरन्तर उकालो लागेको शेयर बजार बुधबार भने सामान्य घटेको छ । बुधबार विक्रि चाप धेरै पर्दा नेप्से १३ अंकले घटेको हो ।
आजै नेप्सेले उच्च विन्दु छोएर फर्किएको छ । योसँगै आज समग्र बजार २७८० विन्दुमा आएर बन्दभएको छ । आज नेप्से घटे पनि कारोबार रकमले भने नयाँ किर्तिमान कायम गरेको छ । २ सय १४ कम्पनीहरुको ११ अर्व ९० करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ५९ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नेपाल पुर्नरविमा कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
५ कम्पनीहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागेर कारोबार हुँदा नेप्सेका उपसूचकहरुमा समेत आज रातो पोतियो । बैक,फाइन्सान्स र ब्यापार उपसूचक भने आज सामान्य बढेका छन ।