विरामी बाबुलाई औषधी किन्न हिडेका युवाको प्रहरीको गोलीले ज्यान गयो,स्थानिय आक्रोसित

काठमाण्डौ – नेपाल भारत सीमा क्षेत्रमा आज प्रहरीको गोली लागि एक युवा घाइते भए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गयो ।

नेपाल भारत सिमा बन्दभएका बेला आवाज जावतमा कडाइ भइरहेका बेला स्थानीय र प्रहरी विच झडप भएको थियो । सो सझपमा परि आफ्नो विरामी बाबुको लागि औषधी लिने हिडेका युवा अविनाश राजभरको ज्यान गएको छ । उनी नवलपरासी जिल्लाका बासिन्दा हुन ।

प्रहरी स्रोतका अनुसार प्रहरी माथि गोली स्थानियले आक्रमण गरेपछि प्रहरीले पनि आत्मरक्षाको लागि गोली हानेको थियो । प्रहरीको गोली उनको खुट्टामा लागेर गम्भीर घाइते भएका थिए । युवाको ज्यान गएपछि त्यो क्षेत्र अहिले तावनमा छ ।

औषधि लिएर घर फर्किरहेको बेला नो–मेस ल्यान्ड–१ मा ती एपीएफका जवानहरुले उनलाई रोक्न खोजेका थिए। सशस्त्र प्रहरीको अनुसार सिमा सिल गरिएको हुनाले आवागमन प्रतिबन्धित भएको अविनाशलाई बताए पनि अटेर गरेर अगाडी बढे । अविनाश प्रहरीको कुरा बेवास्ता गर्दै आफ्नो घरतिर जान थालेको सशस्त्रले बताएको छ । जबरजस्ती गरेर अगाडी बढेपछि पहिलो ३ राउण्ड फायर गरेर चेतावनी दिएपनि अविनाश नरोकिएपछि आक्रोसित भएका सशस्त्र प्रहरी जवानहरुले उनलाई खुट्टामा गोली हानेको दैनिक जागरणले लेखेको छ ।

प्रतिक्रिया