आज विहानै गएको भुकम्पले घर भत्किए, स्थानीय घाइते

काठमाडौं—लमजुङलाई केन्द्रबिन्दु बनाएर आज गएको भुकम्पले लमजुङमा केही घर भत्किएका छन् भने घाइते पनि भएका छन् । लमजुङको भुलभुले केन्द्र बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । सात घर भत्किएको प्रारम्भिक सूचना आएको छ ।

भुकम्पले घरहरु भत्किएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । घर भत्किँदा भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी छिन् । भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।
भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए । भूकम्पले कति क्षती भयो भने पूर्ण विवरण नआएको प्रजिअ लुइँटेलले बताए । २०७२ सालमा ठूलो भुकम्प गएको थियो । त्यसपछि नेपालमा विभिन्न प्रकारका परामकम्पन आइरहेका छन् ।

प्रतिक्रिया