काठमाण्डौ – साताको तेस्रो मंगलबार नेप्से ऐतिहासिक विन्दुमा पुगेर बजार बन्द भएको छ ।
लगातार किर्तिमानी बनाउदै गइरहेको नेप्सेले आज दोहोरो उचाइ छुन सफल भएको छ । करिव ३५ अंकले बढेको नेप्सेसँगै २७९४ विन्दुमा पुगेको छ । आज कारोबार रकम समेत ११ अर्व ३५ करोड रुपैयाँ भन्दा माथि पुगेको छ ।
कारोबार भएका २१५ कम्पनीहरुमा १ सय ५८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १८ कम्पनीहरुको घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । आज जलविद्यतुका लगानीकर्ताहरु मालामाल बनेका छन भने नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
आज तीन दर्जनभन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । आज उत्पादन बाहेक सबै नेप्सेका उपसूचकहरुमा हरियाली पोतिएको छ ।