काठमाण्डौ । मानिसको जन्म र मृत्यु पूर्व निर्धारीत हुन्छ भन्ने मान्यता छ । तर कपिपय मृत्यु यस्तो हुन्छकी सबैलाई अचम्मीत तुल्याउछ ।
यतिबेला भारतमा कारोना महामारीले धेरैको ज्यान लिइरहेको छ । संक्रमण दर घट्दै गएपनि मृत्यु भने भयाभह बनिरहेको छ । त्यतिमात्र होइन विश्वलाई नै कोरोना महामारीले अत्यन्तै जटिल अबस्था सिर्जना गरिरहेको छ ।
यसैविच महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो।
आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो। सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्।
जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।
अचानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो।
ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो( अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने। नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृत्यु भयो।
ुकोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ( दाजुभाइ अहिले पनि सँगै होलान्।’