काठमाण्डौ – करिव दुई साता पहिलाबाट दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्यतुको शेयर मूल्य मंगलबार एक हजार माथि पुगेको छ ।
लगातारको सर्किट लेवलले कम्पनीको शेयर मूल्य मंगलबार १०६४ भएको छ । कम्पनीले प्रति शेयर १ सय २० कमा आईपीओ सार्वजनिक गरेको थियो ।
कम्पनीको शेयरमा आज पनि माग उच्च रहेको छ । आक्रामक कारोबार भइरहेको कम्पनीको शेयरमा यो समाचार तयार पार्दा सम्म ५० हजार कित्ताको लागि माग भएको छ ।