काठमाण्डौ – नेपाली शेयर बजारले अहिले सम्मकै उच्च विन्दु कायम गर्नेक्रम निरन्तर जारी छ । साताको तेस्रो दिन प्रिओपन सेसनमा २५ अंकले बढेको नेप्सेमा १ हजार भन्दामाथिको कारोबार भएको छ ।
यो सेसनमा आज ६८ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ । ५५ कम्पनीहरुको शेयर मूल्य बढ्दा केवल ७ कम्पनीहरुको शेयर मूल्य मात्र घटेको छ भने ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
रुरु जलविद्युतको सबैभन्दा धेरै कारोबारहुँदा २ दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भइर भएको छ । योसँगै रुरु जलविद्युतको शेयर मूल्य समेत एक हजार माथि पुग्न सफल भएको छ । शेयर निष्कासन गरेको यो कम्पनीको शेयर मुल्यमा निरन्तर सर्किट लाग्दै आएको थियो ।