निर्धन उत्थान लघुवित्तको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं— निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख बढी कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । उक्त शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिशेयर न्यूनतम मूल्य ५५० तोकिएको शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर खरीद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन संस्थाले भनेको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया