उपचारका लागि अक्सिजन छैन, लास जलाउने दाउरा किन्न १ करोड

काठमाडौं—कोभिडको कारण मुलुकमा नागरिकले अचालमा ज्यान गुमाइरहेका छन् । सरकारले कोरोनाका विरामीलाई अक्सिजनको व्यवस्थापन गर्न नसक्दा मृत्यु हुने क्रम बढिरहेको छ ।

विरामीको उपचारमा अक्सिजन उपलब्ध गराउन नसकेको सरकारले दाहासंस्कारका लागि आवश्यक पर्ने दाउराका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल टिम्बर कर्पोरेसनले दाउरा खरिद गरेर पशुपतिमा उपलब्ध गराउने भएको छ ।

मृतकको शव जलाउनका लागि दाउराको अभाव भए पछि टिम्बर कर्पोरेसनले १० लाख किलो दाउरा उपलब्ध गराउन लागेको हो । पशुपति आर्यघाटमा लास धेरै आउन थालेपछि काठ किन्नका लागि थप १ करोड विनियोजन गरेको हो । पशुपतिमा दैनिक ५०÷६० लास आउने गरेका छन् । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्दा दाउरा सित्तैमा उपलब्ध गराउने बताए पछि उनको आलोचना भएको थियो ।

प्रतिक्रिया