• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सोमबार पनि दोहोरो अंकले बढ्यो नेप्से,कारोबार रकम समेत दश अर्व नजिक

काठमाण्डौ – नेपाली शेयर बजार उच्च विन्दु कायम गर्नेक्रम निरन्तर जारी छ । कारोनाले अन्य क्षेत्र ठप्प भइरहेका बेला शेयर बजारले भने निरन्तर किर्तिमार्नी कायम गरिरहेको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से २१ अंकले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि लगातार दोस्रो दिन दश अर्व नजिक पुगेको छ । आज कारोबार भएका १ दर्जन कम्पनीहरुको शेयर मूलयमा सर्किट सहित १०८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ५८ कम्पनीहरुको शेयर मूल्य घटेको छ भने १६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

नेप्सेका सबै उपसूचकहरुमा हरियो पोतिदा उत्पादन र विकास बैक समूह भने सामान्य घटेको छ । लगानीकर्ताहरुले सोमबार जलविद्युतमा निकै चासो देखाएको पाइएको छ । त्यस्तै लद्युवित्त समूह पनि बढेको छ ।

नेपाल पुर्नरविमा कम्पनीका सबै भन्दा धेरै कोरोेबार भएको दिन एक लाख १ हजार भन्दा धेरैपटक कारोबार भएको छ ।

प्रतिक्रिया