• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुग्यो ,कारोबार रकम दश अर्व

काठमाण्डौ । साताको पहिलो दिन नेप्से ५४ अंक भन्दा धेरैले बढेको छ ।

राजनीतिक रुपमा स्थीरता आउने संकेत आएसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबार रकम पनि दश अर्व २७ करोड पुगेको छ र

आज कारोबार भएका अधिकांस शेयर कम्पनीहरुको शेयर मूल्य बढेको छ । दिनैभरि २ सय १४ कम्पनीहरुको शेयर खरिदविक्रि भएकोमा १ सय ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

८ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोबारहुँदा नेपाल पुर्नरविमा कम्पनीको शेयर सबैभन्दा धेरै खरिदविक्रि भएको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतियो भने सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताहरुले गुमाउन पुगे ।

प्रतिक्रिया