काठमाण्डौ – साताको पहिलो दिने प्रिओपन सेसनमा नेप्से करिव १० अंकले बढेको छ ।
पुरै देश कोरोना महामारीले ठप्प भएपनि शेयर बजार भने आफ्नो गतिमा अगाडी बढिरहेको छ । आज यो सेसनमा ७४ कम्पनीहरुको १ करोड ५० लाख भन्दा धेरैको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार रकम हो ।
आज कारोबार भएका मध्य ६३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ । यो सेसनमा एनसीसी बैकको सबैभन्दा धेरै कारोबार भएको छ ।