काठमाण्डौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफुले सहमतीको सरकार गठन गर्ने गरि ओलीलाई भेटेको प्रष्ट पारेका छन ।
ओली निकट मानिएका नेता महेश बस्नेतले एक टेलिभिजन अन्तरर्वातामा उनीमाथी राती एक बजे प्रधानमन्त्री बनाइदिन ओलीलाई अनुरोध गर्न बालुबाटार गएको आरो लगाएका थिए । सोहि कुराको प्रतिक्रिया दिँदै भट्टराईले सो कुरा स्विकार गरेका हुन ।
उनले आफ्नो टुवीटमा लेखेका छन ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो(महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमानरपूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहॉले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६९५०बमोजिम बनाउन सकिन्छ।सोचौं ।”
उनको भनाईको आस यो छ कि देशलाई ंसंकटबाट समाधान गर्नको लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्छ त्यसको लागि आफुलाई एमालेले सहयोग गरोस ।
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021