काठमाडौं—एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको करिव साढे तीन लाख कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ लाख ५० हजार ३ सय ६९ कित्ता शेयर एनआईसीले लिलाम बिक्रीमा राखेको हो ।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३ सय ६६ रुपैयाँ राखेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक अन्य कम्पनी तथा व्यक्तिहरुले लिलाम बढाबढबाट शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न चाहाने आवेदकले आगामि २७ गतेसम्म खरिद गर्न सकिनेछ । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक सय कित्ता वा सो भन्दा माथि खरिद गर्न सक्नेछन् ।