आफ्नै जीवन साथीले लेखेको गीतमा शान्तीको मुटु छुने आवाज – म झरेको पात

काठमाण्डौ – कोरोना भाइरसले नेपाली सांगीतिक क्षेत्र पनि ठप्प छ । तर कालालकारहरुले भने आफ्ना केहि सिर्जनाहरु यहि अबस्थामा पनि सार्वजनिक गर्न सफल भइरहेका छन ।

लोकप्रिय गायिका शान्तीश्री परियार पछिल्लो समयकी निकै चर्चित गायिका हुन । उनले सयौं आफ्ना गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भइरहेकी छन । त्यति मात्र होइन उनका जीवन साथी नारायण भुजेल पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाइ सबैलाई चकित पारेका छन । शान्तीको भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत म झरेको पात उनैले लेखेका हुन ।

सुनेरै धित नमर्ने सो गीतमा लय शान्ती आफैले बनाएकी हुन । त्यस्तै गीतको थेगो भने जीतु परियारले बनाएकी छन । शान्ती श्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शान्तीले निकै मन छुने आवाज दिएकी छन ।

प्रतिक्रिया