• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन कारोबार रकम र नेप्से दुवै बढे,लगानीकर्ता उत्साहित

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । १० अंकले नेप्से बढ्दा समग्र बजार २६८४ विन्दुमा पुगेको छ ।

आज जलविद्युतका लगानीकर्ताहरु मालामाल भएका छन भने लद्युवित्त समूह सामान्य घटेको छ । २ सय १८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ११० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै १३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांस जलविद्युतका शेयरहरु रहेका छन । केहि दिनको तुलनामा आज कारोबार रकम पनि उत्साहजनकनै रहेको छ । ७ अर्व नजिकको कारोबार हुँदा नेपाल पुर्नरविमा कम्पनीको शेयर सबैभन्दा धेरै खरिदविक्रि भएको छ । आज होटल र उत्पादन उपसमूहको परिसुचक भने सामान्य घटेको छ ।

प्रतिक्रिया