काठमाडौं—आरएमडिसी लघुवित्त वित्तीय संस्थाको करिव साढे चार कित्ता शेयर आजबाट बिक्रीमा राखेको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५५ हजार ६ सय ९५ कित्ता शेयर लिलामीमा राखेको छ । लिलामी शेयरका लागि न्यूनतम ४३५ रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ ।
उक्त शेयरमा लिलामीका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यस्तै न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतम सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिने जनाइएको छ ।