जनमोर्चाका सांसद खिमबिक्रम भन्छन्—‘मेरो नामबाट फेक विज्ञिप्ती निकालेर भ्रम फैलाईयो’

काठमाडौं—गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाहीको नामबाट प्रकाशित विज्ञप्ति ‘फेक’ भएको पुष्टी भएको छ । जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन अटेर गरेको भए पनि अर्का सांसद खिम बिक्रम शाहीले पार्टीको निर्देशन अनुसार नेपाली कांग्रेस नेतृत्वका गठन बन्धनका उम्मेदवारलाई समर्थन गरेर सही गरेको बताएका छन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले सरकार बनाउन सहयोग गर्ने प्रयोजनार्थ हस्ताक्षर गर्ने पार्टी निर्णय विपरीत हस्ताक्षरै नगरी बागलुङ गएका थिए । त्यही मौकामा अर्का सांसद खिम बिक्रम शाहीको पनि विज्ञप्ति आयो । सामाजिक सञ्जालमा आएको विज्ञिप्त आफ्नो नभई किर्ते भएको शाहीले बताएका छन् । शाहीले उक्त विज्ञप्ति आफूले प्रकाशिन नगरेको प्रष्टिकरण दिएका छन् ।

उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको सरकार बनाउन मंगलबार नै हस्ताक्षर गरेका थिए । उक्त विज्ञप्ति निराधार र भ्रमपूर्ण रहेको बताएका छन् । आफ्नो चरित्र हत्या गर्ने गरी फेक विज्ञप्ति निकालेको बताए । ‘मैले कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेको छु,’ शाहीले भने, ‘मेरो नामबाट फेक विज्ञिप्त निकालेर भ्रम फैलाईयो ।’ आफूले पार्टीको निर्देशन मान्ने पनि उनले बताए ।

पार्टी निर्णय नमान्ने सांसद थापालाई जनमोर्चाले संसदीय दलको नेताबाट हटाइसकेको छ । यद्यपी विपक्षी गठनबन्धनले संख्या पुयाउन नसकदा संविधानको धारा १६८ (२) अनुसारको बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई दोस्रोपटक नियुक्त गरेकी छन् ।
सामाजिक सञ्जालमा फैलिएको यो विज्ञप्ति किर्ते भएको शाहीले बताएका छन् ।

प्रतिक्रिया