गण्डकी प्रदेशको मुख्यमन्त्री पुनः गुरुङ नियुक्त

काठमाडौं–विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेले दाबी प्रस्तुत गरे पनि जनमोर्चाका दुई सांसदले समर्थन नरहेको भन्दै विज्ञप्ति निकालेका थिए । नेपालीको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले गुरुङलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढेको पुष्टि गरे ।

प्रतिक्रिया