गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस नेतृत्वमा बहुमतको दाबी पत्र बुझाए

काठमाडौं—गण्डकी प्रदेशमा नयाँ सरकार बनाउनका लागि विपक्षी गठबन्धनले बहुमतको दाबी सहितको पत्र प्रदेश प्रमुख सिता पौडेललाई बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् ।

प्रमुख पौडेलले दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । गण्डकीमा राष्ट्रिय जनमोर्चा निर्णायक छ । जनमोर्चाले पार्टीको निर्देशन अटेर गर्ने संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएर कारबाही गरेको छ ।

प्रतिक्रिया