पैसामा बिकेको आरोप लागेका सांसद थापालाई जनमोर्चाले कारबाही गर्यो

काठमाडौं– पार्टीको निर्देशनलाई अटेर गरेर पैसामा विकेको आरोप लागेका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ । जनमोर्चाले थापालार्य गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाएको जनमोचार्का महासचिव मनोज भट्टले जनाकारी दिए । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी.ले थापाले पार्टीको निर्देशन अटेर गर्दै पैसामा विकेको आरोप लागेको थियो ।

संसदीय दलको नेताबाट हटाएको बारेमा संसद सचिवालयलाई जानकारी दिएको उनले बताए । संसदीय दलको नेताबाट हटाए पनि सांसद पदबाट भने निलम्बन गरेको छैन । पार्टीको निर्देशन अटेर गरेको भन्दै जनमोर्चाले सांसद थापालाई स्पष्टिकरण सोधेको थियो । थापा नेपाली कांग्रेसको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेर गृह जिल्ला बागलुङ गएका छन् ।

थापालाई कारबाही नगरे पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने अनिस्चित देखिएको छ । थापाले हस्ताक्षर नगरे पनि राजमोका पियारी थापा र खीमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् । थापालाई कारबाही वा निलम्बन गरे मात्र विपक्षी गठन बन्धनलाई बहमुत पुग्छ ।

प्रतिक्रिया