काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से ०.५६ अंकले बृद्धि भएको छ । योसँगै समग्र नेप्से २६७४ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २ सय १५ कम्पनीहरुमा ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
मंगलबारको तुलनमा आज कारोबा रकम पनि घटेर ५ अर्व ३२ पुगेको छ । आज एक दर्जन कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने नेपाल पुर्नरविमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
आज नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिएको छ ।