काठमाण्डौ – धेरैको अनुमान विपरित नेपाली शेयर बजार सकारात्मक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको असर शेयर बजारमा पर्न सक्ने धेरेको आँकलन थियो ।
तर साताको तेस्रोत दिन नेप्से दोहोरी अक २७ ले बढेर सबैको अनुमान गलत सावित गरिदिएको छ । आज कारोबार भएका धेरै जसो कम्पनीहरुको शेयर मुल्य बढेको छ भने कारोबार रकम पनि ६ अर्व हाराहारीमा पुगेको छ ।
आज दिनै भरिमा २२० कम्पनीहरुको शेयर कारोबार भएको थियो । ती मध्य १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
४ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार हुँदा नेपाल पुर्नरविमा कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकहरुमा हरियो पोतियो भने विशाल बजार कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।