काठमाण्डौ – नेपाली शेयर बजारमा हुने चलखेलको निकै चर्चा हुन्छ । यसको विषयमा न सम्बन्धित निकाय गम्भीर हुन सकेका छन न लगानीकर्तानै सकर्तक भएका छन ।
नयाँ धेरै लगानीकर्ताहरुलाई कतिपय अबस्थामा नेपाली शेयर बजारले डुवाएको छ । यस्तै उदाहरण हो विकास बजार कम्पनीको शेयर । अघिल्लो हप्ता विना काराण करिव १ साता सर्किट लेवलमा कारोबार भएको सो कम्पनीको शेयर मूल्य यो हप्तको पहिलो दिन देखिनै विना कारण लगातार सर्किट लागेरै घटेको छ । यो अवधिमा सोझा लगानीकर्ताहरु नराम्रोसँग फसेका छन ।
आज यो समाचार तयार पार्दा सम्म यो कम्पनीको शेयर मुल्य ५४४ रुपैयाँ घटेर ४८९७ रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिमा करिव ८ हजार विक्रि कर्ता हुँदा शेयर खरिदकर्ता प्राय शुन्य रहेका छन ।