काठमाण्डौ – मंगलबार अन्योलका विच खुलेको शेयर बजारमा नेप्से प्रिओपन सेनमा करिव २ अंकले बढेको छ ।
सोमबार २८ अंकले बढेको बजार मंगलबार प्रिओपन सेसनमा सामान्य बढेको छ । आज यो सेसनमा ५८ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज यो सेसनमा ३२ लाख भन्दा धेरैको कारोबार भएको छ । आज प्रभु बैकको सबै भन्दा धेरै कारोबार भएको छ ।
प्रधानमन्त्री केपी शर्माले प्रधानमन्त्रीबाटट हट्ने भएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा पनि पर्ने धेरैको अनुमान छ ।