मनकारी व्यवसायी, कोरोना उपचारमा एक करोड सहयोग

काठमाडौं—कोभिडको संक्रमण फैलिइरहेका बेला निजी क्षेत्रले सहयोग नगरेको भन्दै आलोचना भैरहेका बेला व्यवसायीले स्वतस्फूर्त रुपमा सहयोग गर्न थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारमा सघाउन एक करोड रुपैयाँ सहयोग गरेका हुन् । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेका शेखरले गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो ।

केही दिन अघि व्यवसायी विजय कुमार शाहले कोरोना उपचारमा बनेपाको अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया