प्रभु सेलेक्ट फण्डको १ अर्ब बराबरको १० करोड एकाइ बिक्री खुल्ला

काठमाडौं—प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको इकाइहरुको बिक्री खुल्ला गरिएको छ । आउँदो जेठ ५ गतेबाट बिक्री खुला गरिने भएको हो । प्रभु सामूहिक लगानी कोषअन्तर्गत रहेको १ अर्ब बराबरको १० करोड एकाइ जारी गर्न लागेको हो । आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्कासन तथा बिक्री खुला गर्ने निर्णय गरको छ ।

निष्काशित कुल एकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात् १ करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख एकाइ छुट्टयाइएको छ । यसरी जम्मा १५ प्रतिशत (१ करोड ५० लाख एकाइ) सुरक्षित गरिएको प्रभुले जनाएको छ । बाँकी ८ करोड ५० लाख एकाइका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको व्यवस्था प्रभु क्यापिटल, कोष प्रवद्र्धकमा प्रभु बैंक तथा योजना व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गरेका छन् । फण्डको एकाइमा आगामि ५ गतेबाट जेठ ९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । जेठ ९ गतेसम्म बिक्री नभए जेठ १९ गतेसम्म एकाइ बिक्री खुला रहनेछ ।

प्रतिक्रिया