• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

राजनीतिक माहोलले शेयर बजारलाई असर पारेन,नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम भने ४ अर्व मात्र

काठमाण्डौ – बैशाख २७ गते केपी ओली सरकारले विश्वासको मत लिने भएका कारण शेयर बजारमा त्यसको असर पर्ने धेरैको अनुमान थियो । आइतबारको बजारले पनि त्यस्तै लक्षण देखाएको थियो । तर सबैको अनुमान विपरित आज नेप्से दोहोरो अंकले बढेको छ ।

साताको दोस्रो दिने सोमबार नेप्से करिव २७ अंबले बढेर समग्र बजार २६४५ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज बजारमा कारोबार भएका धेरै कम्पनीहरुको शेयर मूल्य बढेको छ भने नेप्सेका प्राय सबै उपसूचकहरुमा हरियो पोतिएको छ तर सोमबार कारोबार रकम भने ठुलो अंकले घटेको छ । ६ अर्व हाराहारीमा कारोबार भइरहेकोमा आज भने घटेर ४ अर्व नजिकको कारोबार भएको छ ।

आज कारोबार भएका २१८ कम्पनीहरुमा १२८ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २८ कम्पनीहरुको घटेको छ । त्यस्तै २७ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । आज सबै भन्दा धेरै नेपाल पुर्नरविमा कम्पनीको शेयर कारोबार भएको छ भने तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

प्रतिक्रिया