काठमाण्डौ – लोकप्रिय सर्जक तथा गायक युवराज आचार्यले आवाज दिएको नयाँ गीत भाग्य भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्ना हरेक सिर्जनामा उत्कृष्ट पन झल्काउने आचार्यले विगतमा जस्तै यो गीतमा पनि मौलिकपनको झल्को दिएका छन । समाजमा रहेको कुरिती विरुद्ध गीतले दरविलो आवाज उठाएको छ । गीतलाई युवराज आचार्य आफैले लय तथा शब्द सिर्जना गरेका छन भने उनलाई आवाजमा शिवा केसीले साथ दिएकी छन ।
सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतको म्युजिक भिडियो पनि निकै दमदार बनेको छ । गीतलाई पाका निर्देशक कपिल लामाले मेहनतका साथ भिडियो बनाएका छन भने अभिनयमा जादु रहेका मोडलहरु ओवी रायमाझी र सारिका केसीले अभिनय गरेका छन ।