होनाहार नेपाली युवा अमेरीकामा अस्ताए,परिवारको विचल्ली

काठमाण्डौ – आफ्नो सपना पुरा गर्न ६० लाख नेपालीहरु अहिले पनि विदेशको भुमिका पसिना बगाइरहेका छन । त्यति मात्र होइन दैनिक २ भन्दा धेरै नेपाली युवाको लाश काठको बाकसमा नेपाल आउने गरेको छ ।

यसै विच अमेरिकाबाट दुखद खवर सार्वजनिक भएको छ । मेरिकाको मेरील्याण्ड राज्यमा गोलीप्रहार र आगजनीमा परि एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बाह्रखरीलाई बताए ।

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ । ५१ वर्षीय एक व्यक्तिले घरमा आगो लगाएपछि घरबाहिर सटगन लिएर बसेको र घटनास्थलमा प्रहरी आउनासाथ प्रहरीको गोलीबाट ती व्यक्तिको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया