काठमाण्डौ – निरन्तर उकालो लागेर प्रति शेयर मुल्इ ५ हजार माथि पुगेको महिला लद्युवित्तको शेयर मूल्य आईतबार भने घटेको छ ।
करिव २ महिना पहिलेबाट दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयर मुल्य करिव ८ प्रतिशतले घटेर ४६२८ रुपैयामा कारोबार भएको छ ।
विहिबार सर्किट लेवलमा कारोबार भएर यो कम्पनीको शेयर मूल्य क्लोज भएको थियो । मूल्य घटे पनि कम्पनीको शेयरको माग भने १ लाख कित्ता भन्दा धेरै रहेको छ ।