प्रधानमन्त्री ओलीको प्रस्ताव कांग्रेस सभापति देउवाद्वारा अस्वीकार

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन गरको प्रस्ताव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अस्वीकार गरेका छन् । देउवा निवकास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव अस्वीकार गरेको कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए । कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको भन्दै लोकतन्त्र संकटमा पर्ने काम ओली सरकारबाटै भएको दावी गरेका थिए ।

प्रतिक्रिया