काठमाण्डौ – मार्च १६ तारिक ४ सय ३८ रुपैयाँमा दोस्रो बजारमा प्रवेश गरेको महिला लद्युवित्तको शेयर मूल्य लगातारको सकारात्मक सर्किटले ४५ सय ७३ मा आईपुगेको छ ।
यो कम्पनीको बुधबारको कारोबार मूल्य हो । यसरी हेर्दा एक हजार लगानी गरेका यसका शेयर धनीहरुले ४५ हजार कमाउन सफल भएका छन । आजको मितिमा पनि यो कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ भने करिव १७ सय कित्ताको कारोबार भएको छ ।
महिला लद्युवित्तका शेयर धनीहरुले करिव २ महिनाको अवधिमा यति धेरै मुनाफा कमाउन सफल भएका हुन । यो लद्युवित्त धेरै शेयर मूल्य हुने कम्पनीको शिर्ष स्थानमा आइपुग्न थालेको छ ।