काठमाण्डौ— अपी पावर कम्पनी लिमिटेडको हकप्रद शेयर लिने योजना हुनुहुन्छ भने कम्पनीले हकप्रद शेयरका लागि बुक क्लोज गर्ने भएको छ । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले यही वैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्दैछ ।
कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले रु. १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। अपिलाई हकप्रद निकाल्न नेपाल धितोपत्र बोर्ड गत वैशाख १९ गते अनमुति दिएको थियो ।