आरएमडिसी लघुवित्तको साढे ४ लाख कित्ता शेयर आजदेखि बिक्रीमा

काठमाडौं—आरएमडिसी लघुवित्त वित्तीय संस्थाको करिव साढे चार लाख कित्ता शेयर बिक्रीमा राखेको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहमा रहेको ४ लाख ५८ हजार २ सय ५५ कित्ता शेयर लिलाम बिक्रीमा राखेको हो ।

उक्त शेयर आजदेखि वैशाख २८ गतेसम्म खरिद गर्न सकिने छ । शेयरको न्यूनतम मूल्य प्रति कित्ता ४ सय ८ रुपैयाँ तोकिएको छ । शेयर गोप्य बोलपत्रमार्फत बढाबढमा बिक्री गर्न लागिएको हो । शेयर खरिद गर्नेले गोप्य रुपमा बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् । व्यक्ति, कम्पनी, संस्थाले खरिद गर्न सक्नेछन् । न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया