नागरिक लगानी कोषले एक अर्ब ३५ करोडको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं–नागरिक लगानी कोषले आफ्ना शेयर धनीका लागि सवा करोड कित्ता भन्दा धेरै हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कोषलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न बिहीवार अनुमति दिएको छ ।

१ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको बोर्डले जनाएको छ । कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कोषले हकप्रद निष्काशनको माग गर्दै भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो । कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कोषको हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

प्रतिक्रिया