मेगा बैंकले एक अर्ब ३३ करोड बोनश सेयर दिने

काठमाडौं–मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई गत वर्षको लाभांशबापत बोनश सेयर दिने भएको छ । मेगाले एक अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुप्ैयाँ बोनस शेयर दिने भएको हो ।

बैंकले १३.०५प्रतिशत लाभांश वितरण गर्न सञ्चालक समितिको बैठकबाट प्रस्ताव भएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य कोषबाट हाल कायम चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४ सय १६ बाट १० प्रतिशत बोनश सेयर र ३.०५ प्रतिशतले हुन आउने ४० करोड ६३ लाख ४२ हजार २ सय १० नगद लाभांश दिने भएको छ ।

बैंकको पुस २ गते विहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया