बामदेब गौतम भाबी प्रधानमन्त्री !

काठमाडौं– नेकपा भित्र विवाद चर्किँदै गएका बेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पुरानो कार्ड दोहोराएका छन् ।

बुधवारको स्थायी कमिटी बैठकमा ओलीले घुमाउरो रुपमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अहिले नै प्रधानमन्त्री बनाउने वा निर्वाचन पछि बनाउने भन्नेमा प्रष्ट खुलाएनन् । ओलीको प्रयासलाई विषयान्तर गर्ने प्रयास भनेका छन् । प्रधानमन्त्री हुन प्रतिनिधि सभाको सदस्य हुनुपर्छ । गौतम राष्ट्रिय सभाका सदस्य हुन् ।

ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको पालो आएको बताएका थिए । केही नेताले अहिले नै प्रधानमन्त्री बनाउने अनौपचारिक प्रस्ताव गरेको बताएका छन् भने अर्का थरी आगामि निर्वाचन पछि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको बताएका छन् । पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेको भन्दै गौतमलाई आफ्नो पक्षमा पार्न यस्तो संकेत गरेको बताए ।

यसअघि पनि आफूविरुद्ध प्रचण्ड माधव नेपाल पक्षले समिकरण बनाएपछि पनि ओलीले सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए । स्थायी कमिटी बैठक सकिनासाथ बुधबार साँझ उपाध्यक्ष वामदेव गौतमले आफू निकटस्थहरुसँग ओलीले आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताएका थिए ।

प्रतिक्रिया