आन्तरिक ऋण लिन राष्ट्र बैंकले ६ अर्ब ट्रेजरी बिल जारी गर्दै

काठमाडौं–नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । आज बोलकबोल भएर भोलि ट्रेजरी बिल स्वीकृत गर्न लागेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि चार अर्ब र एक वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । बैंकले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया