सरकार विरुद्ध आज कांग्रेसले देशभर प्रर्दशन गर्ने

काठमाडौं–नेपाली कांग्रेस सरकारविरुद्ध आज देशभर प्रर्दशन गर्ने भएको छ । सरकारले गरेका गलत कामको विरोध गर्दै नेपाली कांग्रेस सडकमा ओर्लिएको हो ।

सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध ७७ वटै जिल्लामा एकसाथ कार्यक्रम आयोजना गरेको कांग्रेसले जनाएको छ ।
पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लामा हुने विरोध ¥याली तथा सभामा सहभागी हुनेछन् ।

सोमबार हुने विरोध कार्यक्रम सांकेतिक भएको कांग्रेसको दाबी छ । सरकारलाई सडक र सदनबाट दबाब पैदा गर्ने पहिलो कार्यक्रम भएको समेत कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया