भिजिट भिषामा अंग्रेजी अनिवार्य, नागरिकको अपमान गरेर गृहमन्त्रीले उट्पटयाङ काम गरे– गगन थापा

काठमाडौं–गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकलाई अनिवार्य अंग्रेजी जान्नुपर्ने व्यवस्था गरेको प्रति नेपालीकांग्रेसका नेता गगन थापाले टिप्पणी गरेका छन् ।

गृहमन्त्री राम बहादुर थापाले विदेश भ्रमणमा जान कि अंग्रेजी जान्नुपर्ने नभए एसएलसी उत्तिर्ण हुनुपर्ने व्यवस्था गरेकोमा आपत्ति प्रकट गर्दै अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको थाापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आरोप लगाएका छन् । नेपालको सरकारी तथा बोलिचालीको भाषा नेपाली हो । अंग्रेजी जान्नैपर्ने बाध्यात्मक अवस्था छैन ।

भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही गर्नुपर्नेमा सरकारको अक्षमताको भारी नागरिकमाथि भन्दै पूर्व मन्त्री समेत रहेका थापाले गृहमन्त्रीको यो कदमलाई उटपट्याङको संज्ञा दिएका छन् ।

गगन थापाले फेसबुकमा लेखेका छन्– ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?

प्रतिक्रिया