मोबाइल वालेटबाट २४ अर्बको कारोबार

काठमाडौं– प्रविधिको विकास र पछिल्लो समय कोभिडले पारेको असरको कारण विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्ने बढेका छन् । यसले बैंक तथा वित्तीय संस्था र भुक्तानी गर्ने विभिन्न विद्युतीय गेट वे कम्पनीलाई फाइदा भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मोबाइल वालेटबाट २४ अर्बे रुपैयाँ कारोबार भएको छ । मोबाइल वालेटमात्र नभएर बाट नै सामान खरिद गर्दा अनलाइनमार्फत २ अर्ब रुपैयाँको इ–कर्मस भुक्तानी भएको छ।
सरकारले पछिल्लो समय विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको छ ।

तीन महिनाको अवधीमा भएका ९ करोड ३ लाख ६० हजार ९ सय ८८ वटा विद्युतीय कारोबारबाट ६३ खर्ब ८ अर्ब रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

तीन महिनामा ३४ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको आटिजिएस, एटिएममार्फत १ खर्ब १७ अर्ब रुपैयाँ र आइपिएसबाट ५ खर्ब ४३ अर्ब रुपैयाँ, कनेक्ट आइपिएसबाट १ खर्ब ९८ अर्ब रुपैयाँ र डेविट कार्डमार्फत १ खर्ब २४ अर्ब रुपैयाँको कारोबार भएको छ । इन्टनेट बैंकिङबाट १४ अर्ब र मोबाइल बैंकिङमार्फत ६७ अर्ब रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया